- About US
- Admission & Academics
- Student Life & Activities
- News & Notices
- Resources
यस काठमाडौं युनिभर्सिटी हाई स्कुल (KUHS), चौकोट, काभ्रेद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने सामग्रीहरूको नियमित आपूर्तिका लागि योग्य, अनुभवी तथा कानुनबमोजिम दर्ता भएका आपूर्तिकर्ता/फर्म/कम्पनीहरूबाट सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना प्रथम पटक मिति २०८३ साल असार २४ गते प्रकाशित गरिएकोमा, उक्त दरभाउपत्र पेश गर्ने अन्तिम मिति थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
उक्त सूचनाअनुसार दरभाउपत्र पेश गर्ने अन्तिम मिति ७ (सात) दिन थप गरी २०८३ साल साउन १३ गतेसम्म कायम गरिएको छ।
दरभाउपत्रका शीर्षकहरू:
इच्छुक आपूर्तिकर्ता/फर्म/कम्पनीहरूले सम्बन्धित शीर्षकका लागि तोकिएको ढाँचामा सिलबन्दी दरभाउपत्र उक्त म्यादभित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
दरभाउपत्र सम्बन्धी विस्तृत सूचना, प्राविधिक विवरण (Specifications), फाराम, योग्यता तथा अन्य सर्तहरू विद्यालयको आधिकारिक वेबसाइट kuhs.edu.np बाट डाउनलोड गर्न वा विद्यालयको कार्यालयबाट कार्यालय समयभित्र प्राप्त गर्न सकिनेछ।
थप जानकारीका लागि:
Office of School Manager
काठमाडौं युनिभर्सिटी हाई स्कुल (KUHS)
चौकोट, काभ्रे
JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti
© 2022 Kathmandu University High School, Powered by InGrails