- About US
- Admission & Academics
- Student Life & Activities
- News & Notices
- Resources
परीक्षा उत्तरपुस्तिका आपूर्तिका लागि मूल्य दररेट पेश गर्ने सम्बन्धी सूचना
यस कार्यालयको शैक्षिक तथा परीक्षा सम्बन्धी कार्यका लागि आवश्यक अतिरिक्त परीक्षा उत्तरपुस्तिका खरिद गर्नुपर्ने भएकाले सम्बन्धित इजाजतप्राप्त तथा इच्छुक आपूर्तिकर्ताहरूबाट मूल्य दररेट (Price Quotation) पेश गर्न अनुरोध गरिन्छ।
आवश्यक सामग्री
|
क्र.सं. |
सामग्रीको विवरण |
अनुमानित परिमाण |
|
१ |
अतिरिक्त परीक्षा उत्तरपुस्तिका (Additional Examination Answer Copies) |
करिब १०,००० प्रति |
गुणस्तर तथा प्राविधिक विवरण
प्रस्तावित उत्तरपुस्तिका उच्च गुणस्तरको कागजमा स्पष्ट तथा टिकाउ मुद्रण भएको, परीक्षा प्रयोजनका लागि उपयुक्त तथा तोकिएको स्पेसिफिकेसनअनुरूपको हुनुपर्नेछ । आवश्यक परेमा आपूर्तिकर्ताले नमूना (Sample) समेत पेश गर्नुपर्नेछ ।
मूल्य दररेटमा समावेश गर्नुपर्ने विवरण
मूल्य दररेट पेश गर्ने अन्तिम मिति: २०८३ साल भदौ २६ गतेभित्र मूल्य दररेट पेश गरिसक्नुपर्नेछ।
मूल्य दररेट पेश गर्ने माध्यम: आपूर्तिकर्ताहरूले आफ्नो मूल्य दररेट देहायका कुनै पनि माध्यमबाट पेश गर्न सक्नेछन्-
आपूर्ति सम्बन्धी व्यवस्था
मूल्य दररेट स्वीकृत भई आपूर्तिको पुष्टि/अर्डर प्राप्त भएको मितिले अधिकतम ५ (पाँच) दिनभित्र सम्पूर्ण परीक्षा उत्तरपुस्तिका तोकिएको स्थानमा आपूर्ति गरिसक्नुपर्नेछ ।
थप जानकारी तथा समन्वय
उत्तरपुस्तिकाको स्पेसिफिकेसन, नमूना, मूल्य दररेट पेश गर्ने प्रक्रिया वा अन्य कुनै विषयमा थप जानकारी वा आवश्यक सहयोग चाहिएमा 9842529072 मा सम्पर्क गर्न सकिनेछ ।
नोट: उल्लिखित परिमाण अनुमानित मात्र हो र संस्थाको वास्तविक आवश्यकताअनुसार परिमाणमा केही थपघट हुन सक्नेछ । गुणस्तर, प्राविधिक स्पेसिफिकेसन तथा मूल्यको समग्र मूल्याङ्कनका आधारमा प्रस्ताव विचार गरिनेछ ।
धन्यवाद
JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti
© 2022 Kathmandu University High School, Powered by InGrails