Secondary logo

विक्रेता सूचीकृत (Vendor Enlistment) सम्बन्धी अवधि १० दिन थप गरिएको बारे

2026-06-26

विक्रेता सूचीकृत (Vendor Enlistment) सम्बन्धी अवधि १० दिन थप गरिएको बारे
View PDF
विक्रेता सूचीकृत (Vendor Enlistment) सम्बन्धी अवधि १० दिन थप गरिएको बारे
सूचना प्रकाशित मिति: २०८३ साल असार ११ गते

विक्रेता सूचीकृत (Vendor Enlistment) सम्बन्धी अवधि १० दिन थप गरिएको बारे 


यस विद्यालयबाट आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक सेवा तथा सामानहरूको आपूर्तिका लागि विक्रेता सूचीकृत (Vendor Enlistment) सम्बन्धी सूचना प्रकाशित गरिएकोमा सम्बन्धित इच्छुक फर्म, संस्था तथा कम्पनीहरूको अनुरोध तथा सहज सहभागितालाई मध्यनजर गर्दै उक्त सूचनामा उल्लेखित आवेदन दर्ता गर्ने अन्तिम मिति थप १० (दश) दिन का लागि विस्तार गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

तसर्थ, हालसम्म आवेदन पेश गर्न बाँकी रहेका सम्बन्धित विषयको कारोबार गर्ने इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीहरूले आवश्यक कागजातहरू संलग्न गरी यस सूचना प्रकाशन भएको मितिले थप १० (दश) दिनभित्र, कार्यालय खुलेको दिनमा दिउँसो २:०० बजेसम्म विद्यालय प्रशासन शाखामा आफ्नो निवेदन दर्ता गराउन अनुरोध गरिन्छ।

विक्रेता सूचीकृत सम्बन्धी पूर्व प्रकाशित सूचनामा उल्लिखित अन्य सम्पूर्ण शर्तहरू, योग्यता, आवश्यक कागजातहरू तथा प्रक्रिया यथावत् लागू रहनेछन्।

थप जानकारीका लागि विद्यालय प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ। Click here for Main Notice 


प्रशासन शाखा
काठमाडौँ युनिभर्सिटी हाई स्कूल (KUHS)
logo

Cultivating Socially Responsible & Sensible Citizens

  • CONTACT
  • Administration: 011-490561
  • +2 Office: 011-490638
  • Accounts: 011-490395
  • Hotline: 9849016016
  • info@kuhs.edu.np

FIND US HERE

JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti

© 2022 Kathmandu University High School, Powered by InGrails